मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीले भंसालीलाई सोधे ३० प्रश्नः जवाफमा भने, ‘सुशान्त आफैंले फिल्म छोडेका थिए, तीन पटक मात्रै भेटेँ’

मङ्गलबार, २३ असार २०७७, १३ : १३
मङ्गलबार, २३ असार २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्याको मामिलामा मुम्बई पुलिसले सोमबार फिल्मनिर्माता सञ्जय लीला भंसालीलाई करिब ३ घण्टा सोधपुछ गरेको थियो । यतिबेला प्रहरीले उनलाई दिवंगत नायकसँग उनको सम्बन्ध र उनलाई फिल्मबाट निकालिएको आरोपबारे कुराकानी भयो । रिपोर्टका अनुसार प्रहरीले उनलाई ३० वटा भन्दा बढी प्रश्न सोधे ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार प्रहरीले ‘गोलियों की रासलीलाः राम–लीला’ र ‘बाजीराव मस्तानी’ बाट हटाइएका कारण सुशान्त डिप्रेशनमा गएको र यसबारे तपाईंको उनीसँग के कुराकानी भएको थियो ?’ भनेर सोधेका थिए । यसको जवाफमा भंसालीले भने, ‘मैले सुशान्तलाई कुनै पनि फिल्मबाट निकालेको छैन, न नै उनको सट्टा अरुलाई राखेको थिएँ ।’

भंसालीले भने, ‘सुशान्त सिंह राजपूतसँग मेरो भेट सन् २०१२ मा ‘सरस्वतीचन्द्र’ नामको एक सिरियलको कास्टिङको क्रममा भएको थियो तर सुशान्तलाई त्यतिबेला यो सिरियलका लागि कास्ट गरिएको थिएन । यद्यपि, म उनको अभिनय कलाले प्रभावित भने भएको थिएँ ।’

‘मैले दुईवटा फिल्मका लागि सम्पर्क गरेको थिएँ’

भंसालीले भने, ‘सन् २०१३ मा रिलिज भएको रामलीला र सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानीका लागि मैले दुईपटक सुशान्तलाई अप्रोच गरेको थिएँ तर त्यतिबेला उनी यशराज फिल्मको ब्यानरमा बनिरहेको फिल्म पानीको वर्कशप र शेड्युलमा व्यस्त थिए । ’

‘सुशान्त आफैंले फिल्म खेल्न अस्विकार गरेका थिए’

उनले थपे, ‘एक निर्देशकको रुपमा म उनको पूरा अटेन्सन र डेडिकेशन चाहन्थे तर आफ्नै शेड्युलको व्यस्तताका कारण सुशान्तले यी दुई फिल्ममा मलाई अस्विकार गरेका थिए । त्यसपछि नै मैले उनीसँग फिल्मबारे कुनै कुरा गरेको थिइनँ ।’

‘हाम्रो सामान्य सम्बन्ध थियो, उनी मेरो त्यति नजिक थिएनन्’

सुशान्तलाई एउटा फिल्म अभिनेताको रुपमा मैले उनलाई त्यसरी नै चिन्छु जसरी अन्य कलाकारलाई चिन्दछु । उनले मेरो नीजि कुरा साझा गर्न उनी मेरा त्यति नजिक नै थिएनन् । उनलाई डिप्रेशन भएको मलाई थाहा थिएन ।’

‘पछिल्लो चार वर्षमा तीन पटक मात्रै भेटेँ’

सुशान्तसँग भएको भेटघाटको विषयमा भंसालीले भने, ‘सन् २०१६ पछि सुशान्त सिंह राजपूतसँग मैले ३ पटक मात्रै भेटेको थिएँ, त्यो पनि फिल्म शोजको क्रममा तर यतिबेला कुनै फिल्म गर्ने विषयमा मेरो उनीसँग कुरा भएको थिएनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप