
ADVERTISEMENT
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता – भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् ।
सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।- एएनआई

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ