मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतको अन्तिम फिल्मले पछाडि पार्‍यो यी स्टारको रेकर्ड

मङ्गलबार, २३ असार २०७७, १२ : १३
मङ्गलबार, २३ असार २०७७

एजेन्सी – केही समयअगाडि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर अत्यधिक धेरै पटक हेरिएको छ । उक्त फिल्मको ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो भएकोले विश्व रेकर्ड समेत बनाएको छ ।

यसका साथै, यो फिल्मको ट्रेलरले बलिउडका स्टारहरुको अन्य रेकर्डहरुसमेत तोडिदिएको छ । रिलीज भएको २४ घण्टा नपुग्दै फिल्मले थुप्रै रेकर्ड बनाउन सफल भएको छ । अहिलेसम्म यो भिडियोलाई २२ मिलियनभन्दा बढी पटक हेरिएको छ भने ५ मिलियन लाइक्स आएको छ । 

जसले गर्दा बलिउडका स्टारहरुको फिल्मलाई समेत पछाडि पार्न सफल भएको छ । 

सुशान्तको फिल्मको ट्रेलरले १८ घण्टामा ४.७ मिलियन लाइक्स पाउन सफल भएको छ । यसैगरी, ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ ले अहिलेसम्म १.४ मिलियन लाइक्स पाएको छ । भने आलिया भट्टको फिल्म ‘राजी’ले अहिलेसम्म ३ लाख लाइक्स पाएको छ । यस्तै, सारा अली खानको फिल्म ‘लब आजकल–२’ को ट्रेलरले अहिलेसम्म ६ लाख लाइक्स पाएको छ । त्यस्तै, बरुण धवन र श्रद्धा कपूरको फिल्म ‘स्ट्रीट डान्सर 3 डी’ ले करिब ९ लाख लाइक्स मात्र पाएको छ । 

यसैगरी, सुशान्तको फिल्मले तीनै जना खानहरु (सलमान, शाहरुख र आमिर) को फिल्मको ट्रेलरको रेकर्ड समेत तोडिदिएको छ । शाहरुखको फिल्म ‘जिरो’ले अहिलेसम्म २ मिलियन लाइक्स, आमिर खानको ‘दंगल’ले ३ लाख ७५ हजार र सलमान खानको ‘सुल्तान’ले २ लाख २९ हजार मात्र लाइक्स पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप