बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय !

मङ्गलबार, २३ असार २०७७, १० : २३
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । 

सोही क्रममा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । मंगलबार बिहानमात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको छ ।

 स्रोतका अनुसार नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी थिइन् । त्यहाँबाट उनी ४५ मिनेटपछि बाहिरिएकी थिइन् । 

यसअघि आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । 

यसअघि गत वैशाखमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पनि राजदूत होउको सक्रियता बढेको थियो । त्यसक्रममा उनले नेकपाका शीर्ष नेताहरुसँग भेटेपछि विवाद केही मत्थर भएको थियो । 

केही दिन पहिले यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका खवरहरु सार्वजनिक भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप