शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनापछि नयाँ नियमसहित क्रिकेट फर्किदै

मङ्गलबार, २३ असार २०७७, ०९ : १८
मङ्गलबार, २३ असार २०७७

कोरोनाभाइरसका कारण बन्द अन्तर्राष्ट्रिय क्रिकेट ११८ दिनपछि नयाँ नियमसहित फर्किदैछ । बुधबार इङ्ल्याण्ड र वेस्ट इन्डिज पहिलो टेस्ट म्याचमा आमनसामने हुनेछन् । तीन खेलको शृङ्खलाको पहिलो खेल खाली स्टेडियममा खेलिनेछ । यदी खेलका दौरान कुनै खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो भने पनि खेल रोकिने छैन । बरु उनको स्थानमा अर्को खेलाडीले खेल्न पाउनेछन् ।

इभेन्ट डाइरेक्टर स्टीभ एलवर्दीका अनुसार अब चौका र छक्का पछि बाउन्ड्री लाइनबाहिर गएको बललाई रिजर्भ खेलाडीले पञ्जा लगाएर ल्याउनुपर्नेछ । बलरले लारको प्रयोग गर्न पाउनेछैनन् भने कोरोना सब्सटिट्युटका रुपमा अक्तिरिक्त खेलाडी राख्न पाइनेछ ।

अन्य नियममा बदलाव

–खेलका दौरान विकेट खस्दा वा जीतपछि खबै खेलाडी एकै ठाउँमा जम्मा भएर खुसायाली मनाउन पाउने छैनन् । खेलाडीहरुलाई अङ्गालो हाल्न र हात मिलाउन निषेध गरिएको छ ।

–ग्राउन्डमा ५० देखि ७० स्थानमा अटोमेटिक सेन्सरयुक्त सेनिटाइजर मेसिन लगाइएको छ । यसलाई हातले दबाउन पर्दैन । पभेलियनका सबै खुल्ला राखिनेछ ।

–बलरले आफ्नो स्वीटर, क्याप, चस्मा अम्पायरलाई दिन पाउनेछैनन् । उनीहरुले त्यसलाई आफै मैदानबाहिर राख्नुपर्नेछ । एउटा खेलाडीको सामाग्री दोस्रो खेलाडीले उपयोग गर्न पाउनेछैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप