केन्द्रीय संस्करण

सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि,  ९०४ जना घर फर्किए

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

कैलाली - सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ । 

सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो ।

बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्री ले रातोपाटी लाई जानकारी दिए । 

उनले सोमबार मात्र सेती प्रादेशिक धनगढी प्रयोगशालाबाट कैलालीका ३ जना पुरुष र १ जनामहिलामा मात्र कोरोना पुष्टि भएको  बताए ।

काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३१ रहेको बताए ।

संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ । 

हालसम्म २२ हजार ९६८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १९ हजार ४२६ मा नेगेटिभ आएको उनले बताए ।

२ हजार ५२८ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १५ हजार ८४३ जनामा परिक्षण गरिएको छ ।

हाल सम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८३, बझाङ्गका १३९ ,बाजुरा ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ , कैलालीका ९५० र कंचनपुरका ४२८ गरि ३ हजार ५४२ रहेका छन । 

जस्मा महिला ८११ र पुरुष २ हजार ७३१ संक्रमित फेला परेका हुन । 

क्वारेन्टिाईनमा ४हजार ८१६ पुरुष र १ हजार २९१ महिला रहेका छन ।
 प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०१ गरी ११६जनाको उपचार भईरहेको छ ।

 ६९९ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४२, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भईरहेको छ । 

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.