बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत

सोमबार, २२ असार २०७७, २२ : १९
सोमबार, २२ असार २०७७

एजेन्सी । भारतको नयाँ दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत पुगेको छ । प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमणमुक्त हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गइरहेको सोमबार बताए । 

‘कोरोनाभाइरसबाट सङ्क्रमण भएकाहरुको सङ्ख्या प्रदेशभरीमा मात्रै झण्डै एक लाख पुग्न लागेको छ, ती मध्ये झण्डै ७२ हजार सङ्क्रमणमुक्त भइसकेका छन्’ उनले भने । उनले यसलाई धेरै खुशी र सन्तुष्टिको विषयको रुपमा लिइएको पनि बताए । नयाँ दिल्ली प्रदेशमा मात्रै अहिले दैनिक २० हजारदेखि २४ हजारसम्म परीक्षण परीक्षण भइरहेको पनि उनले जानकारी दिए ।

दैनिकरूपमा भइरहेको परीक्षणबाट अहिलेसम्म दिल्ली प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९९ हजार ४४४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी दिल्ली प्रदेशमा मात्रै कोरोनाभाइरसका कारण अहिलेसम्म तीन हजार ६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप