शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपराध महाशाखाको सेवा बानेश्वरबाट

सोमबार, २२ असार २०७७, २१ : ३६
सोमबार, २२ असार २०७७

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो । महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप