बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदर धपाउने यन्त्र वितरण

सोमबार, २२ असार २०७७, २१ : २६
सोमबार, २२ असार २०७७

दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ । 

नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।

बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६-७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो । पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप