बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

सोमबार, २२ असार २०७७, १९ : ४०
सोमबार, २२ असार २०७७

ओखलढुंगा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ । 

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप