केन्द्रीय संस्करण

रसुवागढी नाकाबाट सामान आयात शुरू

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । 

कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

 कोरोना  भाइरस सङ्क्रमणलाई ध्यानमा राखी  चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।
मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले बताए ।

कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले  दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.