शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

सोमबार, २२ असार २०७७, १८ : ४५
सोमबार, २२ असार २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत रु एक करोड दुई लाख ७४ हजार ७३९ बराबरको रहेको छ । 

यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको रु एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै ललितपुरको कोन्ज्योसोम गाँउपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध रु १५ लाख ५७ हजार ९८२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप