ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
ओखलढुंगा । ओखलढुंगाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका लिखु गाउँपालिकाका ३ जना युवामा सोमबार कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । गाउँपालिकाका २२,२८ र ३० वर्षका युवामा कोरोना संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
उनीहरुमध्ये दुईजना साउदी तथा एकजना बाग्लुङ हुँदै काठमाण्डौबाट आएको पुष्टी भएको छ । गत बिहिबार उनीहरुसहित सोही गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षणमा पठाईएकामध्ये ३ जनामा मात्रै संक्रमण पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
संक्रमित तीनै जनालाई क्वारेन्टिनको छुट्टै भवनमा राखिएको र उनीहरुलाई कोरोना अस्थाई अस्पतालमा पठाउने तयारी गरिएएको गाउँपालिकाले जनाएको छ । यअघि गत असार ७ गते कोरोना पोजेटिभ देखिएका सोही गाउँपालिकाका २८ वर्षीय युवा आजै डिस्चार्ज भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै