केन्द्रीय संस्करण

एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बद्वारा प्रस्तुत आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । 

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ । 

संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने रु. २५,५७,९९३.४२ नगद लाभांश वापत (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको  बताइएको छ ।

साधारण सभावाट सर्वसाधारण समूह तर्फवाट सञ्चालक समितिमा  प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष संजिव सुब्बाले संस्थामा प्रबिधिको उच्चतम प्रगोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र गा्रहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.