शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा भेन्टिलेटर  बैंकको सेवा सुरु, कोभिड–१९ उपचारका लागि प्रभावकारी देखिएको हाइफ्लो न्याजलक्यनुला नेपालमै

सोमबार, २२ असार २०७७, १७ : ४९
सोमबार, २२ असार २०७७

काठमाडौं– सम्पूर्ण विश्वनै कोरोनाभाइरसको महामारीसँग जुधिरहेको अवस्थामा अति आवश्यक पर्ने भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्यमबाट उपलब्ध गराउने उद्देश्यका साथ नेपाल भेन्टिलेटर  सिर्भिसको सुरुवात भएको छ ।

नेपालमा विद्यमान भेन्टिलेटरलगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोनाभाइरससँगको युद्धमा डटेर लड्न कठिन हुने अवस्था आंकलन गरिएको छ । यस अभावले हाल सम्पूर्ण स्वास्थ्य जगतमा निम्त्याएका र भविष्यमा समेत हुन सक्ने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टिलेटर बैंकको स्थापना गर्नुपर्छ भन्ने निष्कर्षमा पुगि ‘नेपाल भेन्टिलेटर सिर्भिस’ नामक परोपकारी संस्था संस्थापना भएको छ ।

समस्याको जडनै कुनै वस्तुको अभावले भएको छ भने त्यसको एकमात्र समाधान भनेको सोही वस्तुको उपलब्धताले दिन सक्छ भन्ने मान्यताअनुरुप यस संस्थाको स्थापना भएको बताइएको छ । 

परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस्, दुरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस भन्ने रहेको संस्थाले बताएको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ ।

कोभिड–१९ महामारीको अवस्थामा नेपाल सरकारसँगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरि संस्थाले समन्वय गर्दै छ ।

यस संस्थाले नेपालका औद्योगिक तथा ब्यवसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उद्देश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टिलेटर खरिद गर्न, भेन्टिलेटरको मर्मत सम्मार गर्न खर्च गर्ने जनाएको छ ।

संस्थाले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सर्हाना गरि विभिन्न संघ, संस्था र व्यक्तिहरुले भेन्टिलेटरहरु लगायत नगद सहयोग गरेका छन् । भने धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

हाल यस संस्थासँग कोभिड–१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टिलेटरहरु सहित, हाइफ्लो न्याजलक्यनुला, बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन् । कोभिड–१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजलक्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ ।

कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको छ । संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टिलेटरको संचालन र व्यवस्थापन गर्ने उद्देश्य राखेको छ । 

कम्पनीले हाल प्रदेश नं ३मा भेन्टिलेटर लाई केन्द्रिक्रित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखाविस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टिलेटर सोहि प्रदेशकै शाखाबाट उपलब्ध गराउने जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप