शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी

सोमबार, २२ असार २०७७, १७ : ४१
सोमबार, २२ असार २०७७

काठमाडौं । विश्व कराते महासंघ (डब्लुकेएफ)अन्तर्गत ‘पान अमेरिकन कराते कमिशन’बाट नेपाली प्रशिक्षक पर्खि राईले अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारी पाएपछि उनले जुनै देशको प्रशिक्षक तथा रेफ्रीको जिम्मेवारी निर्वाह गर्न पाउने छन् ।

सन् २०१५ मा युएसए कराते महासंघ अमेरिकाबाट राष्ट्रिय निर्णायक ‘दोहोरो ए नेशनल रेफ्री’ को जिम्मेवारी पाएका राईले सन् २०१७ मा सोतोकान करातेबाट ‘थर्ड डान’ पुरा गरेका थिए ।संयुक्तराज्य अमेरिकाको केन्द्र न्युयोर्क शहरस्थित ईन्टरनेशनल मार्सल आर्ट एसोसिएसनका सञ्चालक तथा प्रमुख प्रशिक्षक समेत रहेका राई सन् २००८ देखी मार्सल आर्टमा आवद्ध भएका थिए ।

‘न्यूयोर्क ओपन च्याम्पियनशिप गोल्ड मेडल– २०१०’ जित्न सफल भएका राईले २०११ मा ब्ल्याक बेल्ट लिएका थिए । त्यसपछि राष्ट्रिय खेलहरुमा प्रशिक्षकसँगै निर्णायकको भूमिकामा निबाृह गर्दै आएका राईले माकोलोराडास्थित ‘ईन्टरनेशनल रक्की माउण्टेन च्याम्पियनशिप’मा गोल्ड मेडल समेत जितेका थिए । उनले सन् २०१७मा सोतोकान कराते तर्फबाट ‘थर्ड डान’ पुरा गरेका थिए ।

सन् २०१९ मा इक्वेडरबाट राइले अन्तरराष्ट्रिय कराते महासंघ अन्तरगर्त ‘पान अमेरीकन कराते कमिसन’बाट अन्तरराष्ट्रिय निर्णायकको लाइसेन लिएका हुन् ।  अन्तर्राष्ट्रिय निर्णायकको गहन जिम्मेवारीमा सम्पन्न हुने बिभिन्न मुलुकको कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा रहेर नेपालको नाम संसार चिनाएका राई पूर्वी नेपालको सोलुखुम्बुका स्थानिय बासिन्दा हुन् । राईले करातेबाट बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप