शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ११ को परीक्षा : विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गर्ने सरकारको निर्णय

सोमबार, २२ असार २०७७, १६ : २७
सोमबार, २२ असार २०७७

काठमाडौँ । सरकारले यस बर्ष कोभिड–१९ का कारण कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने गरेको हो । 

गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले  सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७ स्वीकृत गरी आवाश्क कार्याथ विश्व विद्यालय अनुदान आयोगमा पठाइसकेको पनि जनाएको छ । 

आयोगले पनि उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयले कार्यान्वयनको लागि जारी गरिसकेको मन्त्रालयले जनाएको छ । 

जुन प्रारुपले परम्परागत औपचारिक पद्धतिद्धारा सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका पठनपाठन, अनुसन्धान परीक्षा र मुल्यांकनका सम्बनधमा कोभिड १९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त सान्र्दभिक व्यवस्था गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप