काठमाडौँ महानगरपालिका भित्रका ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।
महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिए । प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।
उनले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।
प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिए । ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ । आज एलाई गर्यौँ । वि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने छौँ ।’
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रसंशा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित