शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’

सोमबार, २२ असार २०७७, १३ : ३०
सोमबार, २२ असार २०७७

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने  बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले सङ्कटमा रहेकाले  पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाए । उनले भने– ‘हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।’

सो अवसरमा नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताए । कार्यक्रममा डा.सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप