केन्द्रीय संस्करण

अनुगमन समितिबाट उपमेयर रौसन ‘आउट’

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटको गजरा नगरपालिकाको बोर्ड बैठकले नगरपालिकाकी उपमेयर रौसन खातुन शेखलाई अनुगमन समितिबाट हटाउने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बोर्ड बैठकले उममेयर खातुनलाई योजना अनुगमन समितिको अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

स्थानीय तहमा विकास योजना अनुगमन र सिफारिस गर्ने अधिकार उपप्रमुखलाई संविधानले दिएको छ । तर,उपमेयर सेखले उक्त अधिकारको दुरुपयोग गरेको ठहर गर्दै अनुगमन समितिको पदबाट हटाउने निर्णय गरेको गुजरा नपा ४ का वडा अध्यक्ष पवनराज गिरीले जानकारी दिए ।  सेखले अनुगमन नगर्ने, भएको कामको पनि सिफारिस नगर्ने तथा सिफारिसमा विभेद गर्ने गरेकाले हटाउनु परेको वडाअध्यक्ष गिरीको भनाई छ । 

कार्यपालिकाको बहुमतले गरेको निर्णयमा उपमेयर शेखले समेत हस्ताक्षर गरेकी छन् ।  उपमेयरका श्रीमान सेख बदरुदिनले कार्यपालिका बोर्डको बैठकमा खातुनलाई झुक्याएर हस्ताक्षर गराएको दावी गरेका छन । एकैपटक ५ वटा निर्णय पुस्तिकामा उपमेयरसँग हस्ताक्षर गराएकाले उनले सबै निर्णय पढ्न नसकेको बदरुदिनले स्वीकार गरेका छन । संबैधानिक अधिकारलाई कसैले बलपूर्वक कटौती गर्न खोजेमा आफू न्यायका लागि अदालत जाने उपमेयर सेखले बताएकी छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.