शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५० को नयाँ नोट बजारमा, पूर्वगर्भनर नेपालकै हस्ताक्षर

सोमबार, २२ असार २०७७, १२ : १७
सोमबार, २२ असार २०७७

नेपाल राष्ट्र बैंकले आजबाट (सोमबारदेखि ) ५० रुपैयाँ दरका नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको  छ। 

पुरानै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज÷८९ ०००००१ देखि ट÷३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याएको हो । नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। त्यस्तै दायाँतर्फ लालीगुँरासको पानी छाप छ। 

नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ। त्यस्तै नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा हिउँ चितुवाको चित्र छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप