मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा भेटियो बुबोनिक प्लेग, अमेरिकामा मस्तिष्क खाने एमिबा

सोमबार, २२ असार २०७७, १२ : ०७
सोमबार, २२ असार २०७७

भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक सहरमा ‘बुबोनिक प्लेग’ भेटिएपछि चिनियाँ अधिकारीहरुले सतर्कता अपनाउन सुरु गरेका छन् । स्थानीय रिपोर्टका अनुसार संक्रमित गोठालो क्वारेन्टिनमा रहेको र उनको अवस्था स्थिर रहेको छ । अधिकारीहरुले चार तहको चेतावनी मध्ये दोस्रो कम तेस्रो तहको चेतावनी जारी गरेका छन् । तेस्रो तहको चेतावनीमा जंगली जनावरहरुको शिकार गरेर खानलाई निषेध गरिन्छ ।

ब्याटेरियाको इन्फेक्सनले बुबोनिक प्लेग लाग्ने गर्छ । यो खतरनाक हुने भए पनि सजिलै उपलब्ध एन्टिबायोटिकबाट यसको उपचार सम्भव रहेको छ । शनिबार बायानुर सहरमा यसको पहिलो सम्भावित संक्रमित फेला परेका थिए । उनी कसरी संक्रमित बने भन्ने यकिन हुन सकेको छैन ।

बेलाबेला विश्वभर बुबोनिक प्लेगका घटनाहरु देखिन्छन् । सन् २०१७ मा माडागास्करमा यसबाट ३ सय जनाभन्दा बढी संक्रमित बनेका थिए । गत वर्षको मेमा मंगोलियामा एक प्रकारको मुसालाई काँचै खाँदा यस प्लेगको संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका थिए ।

यता, अमेरिकाको फ्लोरिडामा मस्तिष्क खाने दुर्लभ एमिबा भेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्लोरिडा डिपार्टमेन्ट अफ हेल्थ (डीओएच) का अनुसार हिल्बोरो काउन्टीका एक व्यक्ति नाइग्लेरिया फाउलेरीबाट संक्रमित भएका छन् ।

एकल कोषबाट बनेको अमिबाले मानिसको मस्तिष्कमा संक्रमण गराउने र यो घातक हुने बताइएको छ । ताजा पानीमा पाइने यो एमिबा मानिसको नाकको माध्यमबाट शरीरमा प्रवेश गर्ने गर्छ ।

डीओएचले ती व्यक्ति कसरी र कहाँ संक्रमित बने भन्ने जानकारी दिएको छैन । त्यस्तै, संक्रमितको अवस्था पनि खुलाइएको छैन । अमिबा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दैन ।

यसप्रकारको संक्रमण अमेरिकाको दक्षिणी राज्यहरुमा देखिन्छन् । फ्लोरिडामा भने यो दुर्लभ रहेको छ । सन् १९६२ यता त्यहाँ ३७ वटा यस्ता केसहरु फेला परेका छन् ।

यो घातक हुने भएकाले डीओएचले गत जुलाई तीमा हिल्बोरो काउन्टीका वासिन्दाका लागि चेतावनी जारी गरेको थियो । उनीहरुले धारा वा अन्य स्रोतको पानीलाई नाकमा सम्पर्क नगराउन आग्रह गरेका थिए ।

स्रोत : बीबीसी/बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप