भारतलाई देखाएर मात्र हुँदैन, औचित्य पुष्टि गर्नुपर्छ
जीवनको लामो उर्जामय समय वामपन्थी राजनीतिक धारमा सक्रियतापूर्वक बिताएका अशोक राई उक्त धारको मुख्य घटक तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत बन्न सफल भए । जब पहिचानको आन्दोलन सुरु भयो, उनले मूल धारको राजनीति र त्यसबाट हासिल गरेको व्यक्तिगत प्रतिष्ठालाई समेत दाउमा राखेर आफ्नै नेतृत्वमा छुट्टै राजनीतिक दल खोले । आफ्नो नेतृत्वको दल संघीय समाजवादी पार्टीले दोस्रो संविधानसभाको निर्वाचनमा उत्साहप्रद नतिजा ल्याउन नसके पनि उनी कहिल्यै निराश भएनन्, बरु पहिचानवादी आन्दोलन विस्तार गर्ने र पहिचानवादी राजनीतिक शक्ति एकीकृत गर्ने अभियानमा निरन्तर अघि बढे । यही अभियानअन्तर्गत विभिन्न चरणमा विभिन्न दलहरुसँग एकता गर्दै अहिले जनता समाजवादी पार्टी नेपालको वरिष्ठ नेताका रुपमा रहेका राईले आफ्नो राजनीतिक धरातललाई फराकिलो तुल्याएका छन् । यसबीचमा धेरै राजनीतिक उतारचढाव देखा परे । वामपन्थी गठबन्धनको भारी जीत, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि झण्डै दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार, अढाई वर्ष पुग्दा नपुग्दै सत्तारुढ दलभित्रै प्रधानमन्त्रीको राजीनामा माग भएका घटनाक्रमले सबैको ध्यान आकृष्ट गरिरहेको छ । यसबीचमा नागरिकताका विवाद पनि मुखर भएर आइरहेकाे छ । प्रस्तुत छ, यिनै विषयवस्तुको सेरोफेरोमा रहेर जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईसँग गरिएको कुराकानी–
कोरोना महामारीको त्रास फैलिरहेको बेला देशमा राजनीतिक तरङ्ग पनि उत्पन्न भएको छ, किन होला ? यो राजनीतिक दाउपेचको समय हो र ?
–कोभिड–१९ को महामारीबाट उत्पन्न सामाजिक गतिहीनताको बेला राजनीतिक गतिशीलता अत्यन्त तीब्र भएको छ । तर यो एउटा संयोगमात्र हो भन्ने लाग्छ । यो बेलामा कोरोना महामारीलाई कसरी नियन्त्रण गर्ने र त्यसबाट भएको आर्थिक क्षति र सामाजिक पीडालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेतिर सबैको ध्यान जानुपर्ने हो । त्यसका लागि एउटा संयन्त्र बनाउनुपर्छ भनी प्रधानमन्त्रीसँग आग्रह गर्दा उहाँले यसका लागि ‘सरकार नै काफी छ’ भन्नुभयो । तर आज (असार १९) सम्म १४ हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित हुनुले सरकार यसमा पूर्णरुपमा असफल भएको देखिएको छ ।
मुल समस्याबाट विषयान्तर गर्दै अहिलेको राजनीतिक गतिशीलता ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै योगदान छ । तर यो एउटा संयोग नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुने गरी प्रधानमन्त्री ओलीले गर्नुभएका केही गलत कामका परिणामले सबै दलमा तरङ्ग पैदा भएको छ ।
मुल समस्याबाट विषयान्तर गर्दै अहिलेको राजनीतिक गतिशीलता ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै योगदान छ । तर यो एउटा संयोग नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुने गरी प्रधानमन्त्री ओलीले गर्नुभएका केही गलत कामका परिणामले सबै दलमा तरङ्ग पैदा भएको छ ।
कोरोना नियन्त्रणमा भएको असफलताबाट जनताको ध्यान अन्यत्र मोड्नका लागि यस प्रकारको राजनीतिक तरङ्ग उत्पन्न गरिएको हो भन्ने आरोप पनि छ । यसलाई राजनीतिक रुपमा तपाई कसरी हेर्नुहुन्छ ?
–प्रधानमन्त्रीले कोरोनाबाट जनताको ध्यान अन्यत्र डाइभर्ट गर्नका लागि जानी जानी राजनीतिक तरङ्ग ल्याउनु भएको हो जस्तो लाग्दैन । तर उहाँको कार्यशैली नै अत्यन्त दोषपूर्ण छ । उहाँले आफ्नो कार्यशैली सुधार्नु पर्छ भनी मैले धेरैपटक सार्वजनिक रुपमा भन्दै आएको छु । अहिले उहाँहरुको पार्टीमा देखिएको विवाद उहाँकै कार्यशैलीको कारणले नै भएको हो ।
तपाईंले उहाँ (केपी शर्मां ओली) सँग निकै लामो समयसम्म काम गर्नुभएको छ, उहाँ व्यक्तिगत रुपमा पहिलादेखि नै यस्तै हुनुहुन्थ्यो कि अहिले आएर उहाँमा त्यस्तो परिवर्तन देखिएको हो ?
–गफाडी त उहाँ शुरुदेखि नै हुनुहुन्छ । नजानेको कुरामा पनि जान्दछु भन्ने देखाउनुपर्ने उहाँको शुरुदेखिकै बानी हो । अहिले आएर उहाँमा घमण्ड र अटेरीपना पनि थपियो । यो देशको कार्यकारी प्रमुख हुँ, सरकारको प्रमुख हुँ, मैले कसैलाई टेर्नु, गन्नु र मान्नु पर्दैन, ‘आइ एम द स्टेट’ भन्ने खालको घमण्ड उहाँमा पलायो । त्यसबाट सृजना हुने कार्यशैलीको कारणले प्रतिपक्षी दलका मात्र होइन, आफ्नो दलका नेताहरु पनि विरोधमा खडा भएको अवस्था छ ।
गफाडी त उहाँ शुरुदेखि नै हुनुहुन्छ । नजानेको कुरामा पनि जान्दछु भन्ने देखाउनुपर्ने उहाँको शुरुदेखिकै बानी हो । अहिले आएर उहाँमा घमण्ड र अटेरीपना पनि थपियो । यो देशको कार्यकारी प्रमुख हुँ, सरकारको प्रमुख हुँ, मैले कसैलाई टेर्नु, गन्नु र मान्नु पर्दैन, ‘आइ एम द स्टेट’ भन्ने खालको घमण्ड उहाँमा पलायो ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपाल पार्टीलाई उहाँले तोडफोडको प्रयत्न गर्नुभएको थियो । तर त्यसमा उहाँलाई सफलता प्राप्त भएन । देशका सम्पूर्ण राजनीतिक शक्तिहरु एक ढिक्का भएर कोरोनाबाट उत्पन्न संकटलाई एकजुट भई सामना गर्नुपर्ने बेलामा उहाँका त्यसखालको हरकतले एक अर्कामा झैझगडा, विवाद र तानातान गर्नुपर्ने जस्तो स्थिति उत्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीमा अहंकार, सत्ता उन्माद छ भन्ने खालको संकेत गर्नुभयो । तर शासन सत्तामा गएपछि जनताको सेवक बन्नुपर्नेहरुमा जहिले पनि आफूलाई शासक र जनतालाई शासित ठान्ने मनोवृति बारम्बार देखिएका छन् । तपाईंको विचारमा यो राजनीतिक प्रणालीकै समस्या हो कि साँस्कृतिक समस्या पनि हो ?
–यो अलिकति राजनीतिक सँस्कृतिको कुरा पनि हो । मुख्यगरी यो व्यक्तिको आचरणको कुरा पनि हो । व्यक्तिको आचरण उसको स्वभावबाट पनि प्रभावित हुने कुरा हो । सामन्ती सोचबाट नेताहरु मुक्त भएका देखिदैनन् । नेताहरुले आफूलाई जनताको सेवक हुँ भन्नु पर्नेमा म चाहिँ शासक हुँ भनी ठान्ने र सोही अनुसारको आचरण गर्ने गरेको देखिन्छ । जनताले प्रश्न उठाउँदा ‘त्यस्तो प्रश्न उठाउने को हो त्यो ?’ भन्ने मनोवृत्ति देखिएको छ । त्यसले गर्दा यस्तो अवस्था सृजना भएको हो ।
विधान, पद्धतिलाई तिलाञ्जली दिँदै पार्टी नेतृत्वका सबै निर्णयहरुलाई सदर गर्ने र नेतृत्वलाई देवत्वकरण गर्ने प्रवृत्ति मौलाउँदै जाँदा पनि यस्तो अवस्था सृजना भएको त होइन ?
त्यो निश्चय नै हो नि । दुवैथरी गलत हुन् । एउटाले विधान र प्रकृया नमानीकन मैले जे भन्छु त्यही नै अन्तिम सत्य हो, सबैले मान्नुपर्छ, स्वीकार गर्नुपर्छ भन्ने ठान्ने र नेतृत्वका सम्पूर्ण कामहरुप्रति आँखा चिम्लेर उनीहरुलाई देवत्वकरण गरेर वाहवाही गर्दै हिँड्ने प्रवृत्ति, दुवै गलत हो । गलतलाई गलत भन्ने, र सहीलाई सही भन्न सक्ने चेतना जबसम्म नेता तथा कार्यकर्तामा पलाउँदैन, तबसम्म यसखालको समस्याहरु आइरहन्छन् । सोभियत संघ ढल्नुको पछाडि एउटा कारण नेताहरु तानाशाह बन्ने र नेताहरुलाई देवत्वकरण गर्नु पनि हो । मदन भण्डारीले त्यसैबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादको सिद्धान्त अघि सार्नुभयो । उहाँले नेताहरु पार्टीका कार्यकर्ताबाट र जनताबाट समेत अनुमोदित हुनुपर्छ, पार्टीको सार्वभौमसत्ता पार्टीका सदस्यहरुमा निहित हुनुपर्छ भन्नुभयो । तर त्यसको ठीक विपरीत बहुदलीय जनवादका अनुयायी हुँ भन्ने नेताहरुमा ‘म नै सम्पूर्ण हुँ, म नै अन्तिम सत्य हुँ’ भन्ने मतिभ्रम पलाएपछि संकट आउनु स्वाभाविक हो ।
गलतलाई गलत भन्ने, र सहीलाई सही भन्न सक्ने चेतना जबसम्म नेता तथा कार्यकर्तामा पलाउँदैन, तबसम्म यसखालको समस्याहरु आइरहन्छन् । सोभियत संघ ढल्नुको पछाडि एउटा कारण नेताहरु तानाशाह बन्ने र नेताहरुलाई देवत्वकरण गर्नु पनि हो ।
तपाईले उठाउनु भएका कुरा नेकपामा मात्र सीमित छैन, प्रतिपक्षी काँग्रेस तथा तपाईंको जनता समाजवादी पार्टीमा पनि देखिएको छ । तपाई स्वयंको पार्टीमा पनि अहिले नेतृत्वको लागि, अध्यक्षको लागि लडाइँ छ, पदको लडाइँ छ, यस्तो किन ?
–सामन्तवादी सँस्कारबाट हामी सबै पीडित छौं । व्यक्तिको स्वभावले त्यसमा तल–माथि वा कम–बढी हुन्छ । हामी पनि पूर्णमुक्त र चोखो छौं भन्ने होइन । मैले समग्र नेपालको राजनीतिक आन्दोलन र नेताहरुको समान्य प्रवृतिको चर्चा गरेको हुँ । तर छवटा पार्टी मिलेर बनेको राजपा र सानो ठूलो गरी २०–२५ वटा पार्टी मिलेर बनेको समाजवादी पार्टी मिलेर हाम्रो जसपा बनेको कारण एकताको शिलशिलामा स्वाभाविक रुपमा पदहरुको, पदाधिकारीहरुको व्यवस्थापन गर्नु नै पर्ने हुन्छ । त्यसमा हामीकहाँ छलफल चलेको हो, चलिरहेको छ पनि । त्यसलाई स्वाभाविक हो भन्छु म । महाधिवशेनपछि बन्ने नेतृत्व र विधिमा हामी प्रतिवद्ध भएर जानैपर्ने हुन्छ ।
सत्तारुढ नेकपामा सरकारले पार्टीलाई वास्ता गरेन, पार्टीले सरकारलाई वास्ता गरेन भनी आरोप प्रत्यारोप चलिरहेको छ । त्यतिमात्र होइन, त्यहाँ नेतृत्वको प्रतिस्पर्धा पनि देखिएको छ । त्यसलाई पद र प्रतिष्ठाको झगडा भन्न सकिन्छ । उहाँहरुको झगडा कुनै नीति, कुनै सिद्धान्तमा आधारित भएर चलेको छैन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईटै पद छोड्नुपर्छ भन्ने एकथरी छन् भने अर्कोथरी छोड्नु हुँदैन भन्ने छन् ।
पार्टीभित्र ओलीको राजिनामा मागिरहेकै छन्, त्यो प्रतिष्ठाको लडाइँले गर्दा होला तर तपाईको पार्टीले पनि बेलाबेलामा उहाँको राजिनामा माग्ने गरेको छ । प्रधानमन्त्री ओलीले राजिनामा दिनैपर्ने अवस्था हो ?
–नैतिक हिसाबले कुरा गर्ने हो भने उहाँले हाम्रो पार्टी विभाजन गर्ने प्रयत्न गर्दा जे जस्ता अनैतिक कामहरु गर्नुभयो, त्यसै बेला राजिनामा दिइसक्नु पर्ने थियो । उहाँले कति सफलतापूर्वक सरकार सञ्चालन गरिरहनु भएको छ भन्ने कुरा त कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको कामबाट पनि पुष्टि हुन्छ । त्यस्तै उहाँकै मन्त्रिपरिषद् सदस्य तथा उहाँका नजिकका अन्य व्यक्ति अनेकौं भ्रष्टाचारमा मुछिएका छन्, तर छानविन समेत गर्नुहुन्न । पार्टी चलाउने क्षमता उहाँमा पहिलादेखि छँदै थिएन । उहाँ कोठामा बसेर फोन चलाउने हो, दिमाग चलाउने हो । पार्टी निर्माण कार्यमा पहिले पनि उहाँको खास योगदान थिएन । खासमा भन्ने हो भने उहाँ यो परिवर्तनको विरुद्धमा उभिएको मान्छे हो । यो परिवर्तनको विरोध गर्ने व्यक्ति संयोगले परिवर्तनको सबभन्दा महत्वपूर्ण ठाउँमा पुग्नुभयो ।
उहाँकै मन्त्रिपरिषद् सदस्य तथा उहाँका नजिकका अन्य व्यक्ति अनेकौं भ्रष्टाचारमा मुछिएका छन्, तर छानविन समेत गर्नुहुन्न । पार्टी चलाउने क्षमता उहाँमा पहिलादेखि छँदै थिएन । उहाँ कोठामा बसेर फोन चलाउने हो, दिमाग चलाउने हो । पार्टी निर्माण कार्यमा पहिले पनि उहाँको खास योगदान थिएन । खासमा भन्ने हो भने उहाँ यो परिवर्तनको विरुद्धमा उभिएको मान्छे हो ।
त्यसो भए के उहाँ अहिलेको यो परिवर्तनलाई उल्ट्याउने दाउमा लाग्नु भएको हो ?
–विगतको १० वर्षे जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोह, आदिवासी जनजातिहरुको आन्दोलन, दलितहरुको आन्दोलनका मागहरुलाई उल्टाउने दिशामा उहाँ संविधानसभामा नरहँदा देखि नै लाग्नु भएको थियो । संविधान जारी भइसकेपछि कतिपय चिजलाई उल्टाउँछु भन्ने चाहे पनि स्थिति त्यति अनुकुल छैन । उहाँले सार्वजनिक रुपमै यो परिवर्तनको स्वामित्व लिन अस्वीकार पनि गर्नुभएको हो । तर दुर्भाग्य, उहाँजस्तो नेतालाई जनताले जिताएर पठाएका छन् । त्यसैले उहाँलाई स्वीकार गर्नुपर्ने बाध्यता भयो ।
हामीलाई थाहा भएसम्म देशमा नागरिकता समस्या कहिल्यै समाधान भएन । जहिले पनि नागरिकता एउटा समस्या बनेर रह्यो । अहिले वैवाहिक अंगीकृत नागरिकताका विषयमा तपाईहरुले आन्दोलन गरिरहनु भएको छ । खासमा अंगीकृत नागरिकताका लागि आन्दोलन किन ?
–यी आन्दोलनहरु यिनै सत्ता संचालक नेताहरुकै सोचका उपज हुन् । हिजो उहाँहरुले नै अन्तरिम संविधानमा नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेर आफ्नो देशको नागरिकता त्यागेको कारवाही शुरु गरेपछि नेपालमा नागरिकता पाउने भन्ने प्रावधान राख्नु भएको थियो । तर अहिले त्यसलाई खारेज गर्ने कुरा उहाँहरुले नै ल्याउनुभयो । एकपटक दिएको अधिकार वा सुविधा विना कुनै उचित कारणले खोस्ने काम भइरहेको छ । यसले गर्दा विवाद उत्पन्न हुनु स्वाभाविक नै हो । अहिलेको सात वर्षपछि मात्र नागरिकता पाउने प्रावधान उचित हो भने हिजो त्यो किन राखिएन ? त्यो पनि प्रश्न उठ्ने भयो । त्यसको औचित्य पुष्टि गर्नुपर्छ । खालि भारतलाई देखाएर हुँदैन । भारतमा पनि सात वर्षे प्रावधान भएकोले हामीकहाँ पनि सात वर्ष राख्नुपर्छ भन्ने सोच देखियो यहाँ । नेपालमा भारतबाट मात्र बिहे गरेर आउँदैनन् । भारतकै कुरा गर्दा पहिचानका आधारमा त्यहाँ संघीय राज्यहरु स्थापना भएका छन् । त्यस्तै यहाँ पनि हुनुपर्छ भन्दा भारतको नक्कल गर्नुहुँदैन भन्नेहरु पनि छन् । अहिले भारतमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्षको छ, यहाँ पनि त्यति नै हुनुपर्छ भनिरहेका छन् । कसैकसैले यसलाई राष्ट्रियताको विषय बनाएर पनि कुरा गरिरहेका छन् । उताको नागरिकता त्यागेपछि नागरिकता दिँदा राष्ट्रघात हुने, त्यही नागरिकता सात वर्षपछि दिँदा राष्ट्रवाद हुने, यो कस्तो राष्ट्रवाद हो ? त्यसो भए १० वर्षपछि दिँदा अझै राष्ट्रवादी होला । २० वर्षपछि दिँदा झन् महान् राष्ट्रवादी होला ! यो एकदम हस्यास्पद कुतर्क हो ।
अहिले भारतमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्षको छ, यहाँ पनि त्यति नै हुनुपर्छ भनिरहेका छन् । कसैकसैले यसलाई राष्ट्रियताको विषय बनाएर पनि कुरा गरिरहेका छन् । उताको नागरिकता त्यागेपछि नागरिकता दिँदा राष्ट्रघात हुने, त्यही नागरिकता सात वर्षपछि दिँदा राष्ट्रवाद हुने, यो कस्तो राष्ट्रवाद हो ? त्यसो भए १० वर्षपछि दिँदा अझै राष्ट्रवादी होला । २० वर्षपछि दिँदा झन् महान् राष्ट्रवादी होला ! यो एकदम हस्यास्पद कुतर्क हो ।
हिजोको प्रावधान राष्ट्रघाती थियो भने त्यो राष्ट्रघाती काम गर्ने उहाँहरु नै हो । उहाँहरुले भन्नु पर्यो कि हामीले हिजो गल्ती गरेका थियौं । यो निकै नै संवेदनशिल विषय हो । यसमा निकै सोच विचार गरेर निर्णयहरु गर्नुपर्छ । केटाकेटीपन प्रदर्शन गरिनु हुँदैन ।
तर अहिलेको यो नागरिकता विवादमा पहाड र तराई विभाजन भएको छ, यो सवाललाई नेपाल–भारतसम्बन्धसँग जोडेर हेरिएको छ । नक्सा र सीमाको विवादमा जसरी राष्ट्रिय सहमति बन्यो, त्यसरी नै नागरिकतामा किन सहमति बन्न सकेन त ?
–यो संकीर्ण दृष्टिकोण र सन्तुलित दृष्टिकोण बीचको फरक हो । यो पहाड र मधेशबीचको भिन्नता होइन । किनभने यसमा पहाड पनि बोलेको छ, हिमाल पनि बोलेको छ, आदिवासी जनजाति बोलेको छ, खस आर्य पनि बोलेको छ । तर यो कुरा सही हो कि यसमा राष्ट्रिय सहमति बन्न सकेन । नेपाली पुरुषसँग बिहे गर्ने महिला आफ्नो देशको नागरिकता त्यागिसकेपछि नेपाली नागरिक नै बन्छन् । उनीबाट जन्मिने सन्तान नेपाली नागरिक नै हुन्छन् । उसले बिहे गरेर आएपछि व्यवसाय, पढाइ लेखाइ, जागिर, वैदेशिक रोजगार गर्नुपर्ने हुनसक्छ । यी काम गर्न ती महिलालाई कुनै समस्या नहोस् भनि सोच्ने दायित्व राज्यको हो । यसमा धेरै संकीर्ण हुनुपर्छ जस्तो लाग्दैन । यसलाई भारतसँग जोडेर हेर्नु झन संकीर्ण सोच हो ।
नेपाल–भारत सिमा क्षेत्रमा एउटै साँस्कृतिक समूह रहेको र खुल्ला सीमाना भएको कारणले स्वाभाविक रुपमा अलिकति बढी, खासगरी तराई मधेशका जनताका बिहेबारी हुन्छन् । तर हामीले सहज ढंगले नागरिकता दिँदैमा सारा भारतीय महिला नागरिकताकै लागि बिहे गरेर आउँछन् भन्ने त होइन नि । दुई देशका जनतामाझ स्वाभाविक ढंगले साँस्कृतिक रुपमा बिहेबारी हुने गरेको छ, जसमा कुनै राजनीतिक स्वार्थ हुँदैन ।
नेपाल–भारत सिमा क्षेत्रमा एउटै साँस्कृतिक समूह रहेको र खुल्ला सीमाना भएको कारणले स्वाभाविक रुपमा अलिकति बढी, खासगरी तराई मधेशका जनताका बिहेबारी हुन्छन् । तर हामीले सहज ढंगले नागरिकता दिँदैमा सारा भारतीय महिला नागरिकताकै लागि बिहे गरेर आउँछन् भन्ने त होइन नि । दुई देशका जनतामाझ स्वाभाविक ढंगले साँस्कृतिक रुपमा बिहेबारी हुने गरेको छ, जसमा कुनै राजनीतिक स्वार्थ हुँदैन । तर यही सवाललाई जानी जानी विवादमा ल्याउनु संकीर्ण सोच हो ।
अंगीकृत नागरिकताधारीलाई आर्थिक, समाजिक, साँस्कृतिकलगायतको आधिकार दिनुपर्छ तर नेपाली वंशजकै जस्तै राजनीतिक अधिकार दिनु हुँदैन भन्ने तर्क पनि छ नि ! यसमा तपाईको पार्टीको धारणा के हो ?
–अहिलेको विधेयकमा पनि त्यो कुरा राखिएको छ भने मैले सुनेको छु । बिहे गरेर आउने बित्तिकै केही अधिकार प्राप्त हुने तर राजनीतिक अधिकार तथा जागिर खान नपाउने प्रावधान राखिएको भन्ने सुनेको छु । सुविधा दिने कुरा प्रशंसनीय र सकारात्मक हो, यसलाई नराम्रो भन्न मिल्दैन । तर यसअघि उताको नागरिकता त्यागेको कारवाही चलाएपछि नागरिकता दिने कुरालाई नै सहज बनाइएको थियो । त्यो नै गर्दा राम्रो हुन्छ । किनभने नेपालमा नागरिकता नै सबै चिज हो । नागरिकताको कार्ड भएन भने उस्तै भयो भने ट्वाइलेट पनि प्रयोग गर्न पाइँदैन । अरु मुलुकको ग्रीन कार्ड जस्तो, पर्मानेन्ट रिजेडेन्सी जस्तो प्रयोग हामी कहाँ भएको छैन । यो विधेयकले यस्तो प्रावधान ल्याएको छ भन्ने सुनेको छु तर हामीकहाँ नागरिकतालाई जुन संवेदनशीलताको साथमा प्रयोग गर्छौ, त्यो आवश्यकतालाई अहिले ल्याएको व्यवस्थाले कति हदसम्म पूर्ति गर्न सक्छ, त्यो चाहिँ भोलिका लागि पर्खिनै पर्छ ।
नेपालमा नागरिकता नै सबै चिज हो । नागरिकताको कार्ड भएन भने उस्तै भयो भने ट्वाइलेट पनि प्रयोग गर्न पाइँदैन । अरु मुलुकको ग्रीन कार्ड जस्तो, पर्मानेन्ट रिजेडेन्सी जस्तो प्रयोग हामी कहाँ भएको छैन । यो विधेयकले यस्तो प्रावधान ल्याएको छ भन्ने सुनेको छु तर हामीकहाँ नागरिकतालाई जुन संवेदनशीलताको साथमा प्रयोग गर्छौ, त्यो आवश्यकतालाई अहिले ल्याएको व्यवस्थाले कति हदसम्म पूर्ति गर्न सक्छ, त्यो चाहिँ भोलिका लागि पर्खिनै पर्छ ।
यो समस्यालाई ठोस रुपमा समाधान गर्नका लागि के के गर्नुपर्छ त ?
– हामीले भनेको कुरा हिजो दिइसकेको अधिकार र व्यवस्थालाई कायम राख्नुपर्छ भन्ने हो ।
नेपाली पुरुषसँग बिहे गरेपछि प्राप्त गर्ने वैवाहिक अंगीकृत नागरिकताधारी महिलाबाट यहाँका रैथाने महिला असुरक्षित देखिन्छन् अर्थात उनीहरुले अंगीकृत नागरिकता पाए भने यहाँका वंशज महिला पछाडि पर्छन् भन्ने तर्कहरु पनि सुनिएको छ । यो तर्कप्रति कति सहमत हुनुहुन्छ ?
–यो तर्कमा सहमत हुन सकिँदैन । अंगीकृत नागरिकताको कुरा गर्ने हो भने दुईखालको नागरिकताको कुरा गर्नुपर्छ । एउटा यहाँ आउँदा सोझै अंगीकृत नागरिकता लिन खोज्ने र अर्को वैवाहिक अंगीकृत नागरिकता हुन्छ । वैवाहिक अंगीकृत नागरिकहरुलाई निश्चित ओहदाहरुमा जान बन्देज लगाएको छ हाम्रो संविधानले । यद्यपि मन्त्री, सांसद बन्ने अवस्थाहरु छन् । संविधानले व्यवस्था गरे अनुसार वैवाहिक अंगीकृत नागरिकले आधिकार पाइरहेको छ तर त्यो अधिकार नदिएको भए त्यहाँका वंशज नागरिकले अवसर पाउँथे भन्नु तर्कपूर्ण कुरा होइन । यो तर्क बिहे नै गरेर नआएको भए हुन्थ्यो नि भनेजस्तो भयो । अंगीकृत नागरिकलाई मन्त्री र सांसद पनि बन्न दिनु हुँदैन भन्ने हो भने त्यो कुरा जनस्तरबाट आउनुपर्छ र त्यसको औचित्य कति हुन्छ भन्ने पनि विचार गर्नुपर्छ ।
संविधानले व्यवस्था गरे अनुसार वैवाहिक अंगीकृत नागरिकले आधिकार पाइरहेको छ तर त्यो अधिकार नदिएको भए त्यहाँका वंशज नागरिकले अवसर पाउँथे भन्नु तर्कपूर्ण कुरा होइन । यो तर्क बिहे नै गरेर नआएको भए हुन्थ्यो नि भनेजस्तो भयो । अंगीकृत नागरिकलाई मन्त्री र सांसद पनि बन्न दिनु हुँदैन भन्ने हो भने त्यो कुरा जनस्तरबाट आउनुपर्छ र त्यसको औचित्य कति हुन्छ भन्ने पनि विचार गर्नुपर्छ ।
एकजना विदेशी महिलाले नेपालीसँग विवाह गर्दा आफ्नो जन्मभूमि त्यागेर आउँछिन् । साँस्कृतिक रुपमा पनि उनले आफ्नो सँस्कृतिसँगै आफ्नो विवाहित घरको सँस्कृतिलाई पनि अपनाउनु पर्ने अवस्था हुन्छ । उनका सन्तान नेपाली हुन्छन् । त्यसैले यो मानवीय कुरा पनि हो ।
विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गर्दा अंगीकृत नागरिकता पाउने तर विदेशी पुरुषले नेपाली महिलासँग बिहे गर्दा अंगीकृत नागरिकता किन नपाउने ?
–हामीले यसलाई लैगिंक विभेदको रुपमा लिएका छौं । तर उनीहरु संविधानमै यसको व्यवस्था छैन भन्दै पन्छिएका छन् ।
नेपालमा एउटा कुरा एकदमै उठ्ने गरेको छ – त्यो हो, सिक्किमीकरण र फिजिकरण । यस सन्दर्भमा खुल्ला सिमाना नियमन हुनुपर्छ भन्ने कुरा पनि उठ्ने गर्छ । यसमा तपाईको धारणा के छ ?
–सीमा नियमन गर्नु नराम्रो कुरा होइन । तर सिक्किमीकरण र फिजिकरणको उदाहरण हामीकहाँ लागु हुँदैन । फिजिमा अंग्रेजहरुले जवर्जस्ती उठाएर मजदुरका रुपमा लगेका मान्छेहरुले त्यहाँ हक खोज्ने सन्दर्भ पनि जोडिन्छ । सिक्किमको प्रसंग छुट्टै हो । तराईमा साँस्कृतिक निकटताका कारण सीमा पारी हुने विवाह तथा लेनदेन सुनियोजित राजनीतिक घटनाक्रम हो भन्ने सोच राख्नेहरुको दिमागमा सिक्किकीकरण, फिजीकरण जस्ता कुराहरु आउँछन् । जुन कुरामा कुनै दम छ भनेजस्तो मलाई लाग्दैन । सीमा कति बन्द गर्न सकिन्छ, त्यो अध्ययनको विषय हो तर नियमन चाहिँ गर्नुपर्छ । सीमामा बस्नेलाई विशेष किसिमको पास दिएर आवतजावत गर्न दिनुपर्छ र टाढाका मान्छेलाई रेगुलेट गर्नुपर्छ । यो उपयोगी हो जस्तो लाग्छ ।
तराईमा साँस्कृतिक निकटताका कारण सीमा पारी हुने विवाह तथा लेनदेन सुनियोजित राजनीतिक घटनाक्रम हो भन्ने सोच राख्नेहरुको दिमागमा सिक्किकीकरण, फिजीकरण जस्ता कुराहरु आउँछन् । जुन कुरामा कुनै दम छ भनेजस्तो मलाई लाग्दैन । सीमा कति बन्द गर्न सकिन्छ, त्यो अध्ययनको विषय हो तर नियमन चाहिँ गर्नुपर्छ ।
नेपाल र भारतबीच दाइ भाइ, बेटी रोटी सम्बन्धको कुरा उठ्छ तर अब त्योभन्दा माथि उठेर यी दुई देशबीच सार्वभौम दुई सम्पन्न मुलुकबीचको सम्बन्धको रुपमा अघि बढ्नुपर्छ भन्ने भनाइबारे तपाईको धारणा के छ ?
–हामी दुई देश मित्र हौं । खासगरि हिजोका राजा राजौटाहरु भारतका राजा रजौटाका छोरी ल्याउने र आफ्नो छोरी उतै दिने र त्यो दिँदा गौरव मान्ने स्थिति थियो । अर्कोतिर, मधेश सीमा क्षेत्रमा भएका कारणले साँस्कृतिक निकटताका कारण पनि बिहेबारी हुने गरेको छ । यी विषयसँग जोडेर विशेष रुपमा रोटीबेटीको कुरा उठ्ने गरेको हो । तर यो आमरुपमा प्रयोग गरिरहनु पर्ने विषय हो भन्ने मलाई लाग्दैन । मेरो विचारमा खास रुपमा र खास ठाउँमा, खास शासकहरुले प्रयोग गरेको सन्दर्भ हो त्यो । राजनीतिक भाषामा भन्दा हामी मित्र हौं । एक अर्कामा राम्रो सम्बन्ध कायम राख्नुपर्छ ।
स्वतन्त्र भारतको इतिहासमा नेपाल–भारत सम्बन्ध यतिखेर इतिहासकै निकै अप्ठ्यारो मोडमा उभिएको छ, खासगरि नक्सा र सीमा विवादको प्रकरणपछि । यी घटनाक्रमहरुलाई कसरी हेर्नुभएको छ ?
–ऐतिहासिक सन्दर्भहरुमा हेर्दा अहिले सबभन्दा जटिल मोड होइन । दुई देशका बीचमा थुप्रै जटिल क्षणहरु पार गरिसकेका छौं । यो पनि हामी पार गर्छौं । .यो नक्सा र सीमाको विवाद वार्ताबाट नै हल हुन्छ । भारतमा पनि यसबारेमा स्वतन्त्र छलफल भइरहेका छन् । सरकारीस्तरमा पनि छलफलहरु चलेका छन् । सरकारका मन्त्रीहरुले नै वार्ताबाट यसको समाधान गर्छौं भनिसकेका छन् । त्यसैले यसमा धेरै आशंका पाल्नुपर्ने आवश्यकता छैन ।
एउटै प्रकृतिका विवादमा भारतले चीनलाई महत्व दिएर वार्ता गरिरहेको छ, नेपाललाई महत्व नदिएको जस्तो देखिन्छ । यस्तो किन ?
–भारतले यो विवादलाई हल गर्ने कुरालाई प्राथमिकतामा नराखेको देखिन्छ । तर किन राखेन, त्यो कुरा त भारतले नै भन्ने कुरा हो । भारतले बेवास्ता नै गरेको हो भन्नचाहिँ सकिदैन । किनभने त्यहाँका मन्त्रीहरुले नै भनिरहेका छन् कि वार्ताका माध्यमबाट यसको समाधान गर्छौँ । तर नेपाललाई प्राथमिकतामा किन राखिएन, त्यो त उनीहरुलाई नै थाहा होला । विवादको गम्भीरताका आधारमा पनि उनीहरुले प्राथमिकता तोकेका होलान् ।
नेपाल कोरोना महामारीसँगै अमेरिका, चीन र भारतको त्रिकोणात्मक रणनीतिक संघर्षको केन्द्र बन्दै गइरहेको देखिन्छ नि, होइन ?
–नेपाल जहिले पनि भारत, चीन र पश्चिमाहरुको प्रभावको परिधिभित्र जाने खतरामा रहेकै हुन्छ । यो आजमात्र होइन, पहिलेदेखि हो । तर अहिले बढी मुखर भएर आइरहेको छ । चीन आर्थिक शक्तिको रुपमा उदाएको पृष्ठभूमिमा त्यससँग अमेरिकाले प्रतिस्पर्धा गर्ने कुरा पनि होला । भारतको पनि आफ्नो सुरक्षा चासोहरु होलान् । नेपालमा यो तीन थरीकोे तानातान भइरहेको हो कि भनी सबैले अनुभूति गर्न थालेको स्थिति छ ।
नेपाल जहिले पनि भारत, चीन र पश्चिमाहरुको प्रभावको परिधिभित्र जाने खतरामा रहेकै हुन्छ । यो आजमात्र होइन, पहिलेदेखि हो । तर अहिले बढी मुखर भएर आइरहेको छ । चीन आर्थिक शक्तिको रुपमा उदाएको पृष्ठभूमिमा त्यससँग अमेरिकाले प्रतिस्पर्धा गर्ने कुरा पनि होला । भारतको पनि आफ्नो सुरक्षा चासोहरु होलान् । नेपालमा यो तीन थरीकोे तानातान भइरहेको हो कि भनी सबैले अनुभूति गर्न थालेको स्थिति छ ।
तर नेपालले तीनैथरीका शक्तिहरुसँग मित्रतापूर्ण व्यवहार गर्ने र सन्तुलित व्यवहार गर्ने प्रयास गर्नैपर्छ । सरकारले एकपक्षतिर झुकेर व्यवहार गर्नुहुँदैन । असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तको आधारमा सबैसँग मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ । यतिखेर अलिकति बढी नै संवेदनशिल परस्थिति बनेको छ, यो कुरा चाहिँ पक्कै हो ।
एमसीसीको विवादबारे तपाईको पार्टीले खासै बोलेको छैन । यसको बारेमा तपाईको पार्टीको धारणा के छ ?
–एमसीसीको बारेमा अहिले हामीले आधिकारिक धारणा बनाएका छैनौं । तर अध्ययन गरेर हेर्दा केही पक्षहरु सुधारेर त्यसलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यसमा पर्याप्त बहसहरु भएकै छन् । तर पहिले छलफल अनि सम्झौता हुनु पर्नेमा उल्टो भएको छ । हाम्रो परराष्ट्र नीति तथा हाम्रो सर्वभौमसत्तालाई प्रभावित नपार्ने गरी अथवा त्यसलाई नखुम्च्याउने गरी कतिपय प्रावधानहरुलाई सुधार गरेर कार्यान्वयनमा जाने वातावरण बनाउनु आवश्यक हुन्छ ।
एमसीसीको बारेमा अहिले हामीले आधिकारिक धारणा बनाएका छैनौं । तर अध्ययन गरेर हेर्दा केही पक्षहरु सुधारेर त्यसलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यसमा पर्याप्त बहसहरु भएकै छन् । तर पहिले छलफल अनि सम्झौता हुनु पर्नेमा उल्टो भएको छ ।
प्रसंग बदलौं, तपाई अहिलेसम्म एमालेमा अडिइरहनुभएको भए राष्ट्रपति हुनुहुन्थ्यो या प्रधानमन्त्री बन्नुहुन्थ्यो भन्नेसम्मको कुरा मान्छेले उठाउन थालेका छन् । मैले बेकारमा पार्टी छाडेजस्तो पश्चाताप तपाईलाई हुँदैन ?
–(ठूलो हाँसो) यो धेरै पुरानो प्रश्न हो र यो कुरा पुरानो पनि भइसकेको छ । यो हाँस्यास्पद प्रश्न पनि हो । यस्तो खालको कुरा दुईखाले मान्छेले गर्दछन् । ममाथि साँच्चै स्नेह राख्नेहरु जो निर्वोध र राजनीतिको चुरो कुरो नबुझेकाहरु र मलाई मुर्ख प्रमाणित गर्न चाहनेहरुले यस्तो कुरा गर्छन् । यी कुराहरुले जनतामा पनि भ्रम छर्ने काम गरेको छ । त्यो म हेरिरहेको छु ।
अशोक राईले बडो राम्रोसँग सोच विचार गरेर यो कदम चालेको हो । ‘दश चोटी नाप्ने एकचोटी काट्ने’ एउटा चिनियाँ उखान छ । मैले दशचोटी नापेर एकचोटी काटेको छु । मैले विल्कुल सही कदम चालेको हुँ भन्ने कुरा जनता समाजवादी पार्टीसम्म आइपुग्दा प्रमाणित नै भइसकेको छ ।
आफूले लिएका निर्णय र चालेका कदमबाट म सन्तुष्टमात्र होइन, अति सन्तुष्ट छु । ममा पश्चातापको ‘प’ पनि छैन । आफूलाई केन्द्रविन्दुमा राखेर आफ्नो हितको निम्ति, आफ्नो स्वार्थको निम्ति, पद र प्रतिष्ठाका निम्ति, अवसरका निम्ति काम गर्नुभएको छ भने र त्यो कुनै हिसाबले प्राप्त भएन भने त्यसमा पश्चाताप हुन्छ । तर मैले त नेपाली जनताको निम्ति राजनीति गरेको हुँ । नेपाली जनतालाई गरिबी, वर्गीय शोषण एवं जातीय उत्पीडन, साँस्कृतिक विभेदबाट मुक्त गर्ने, समानताको हक दिलाउने तथा उत्पीडित जनताको सेवा गर्ने भनेर राजनीति थालेको थिएँ । मेरो राजनीति त्यो प्रयोजनका निम्ति भएको हुनाले म त्यो बाटोमा खुशी साथ लागिराख्या छु ।
अशोक राईले बडो राम्रोसँग सोच विचार गरेर यो कदम चालेको हो । ‘दश चोटी नाप्ने एकचोटी काट्ने’ एउटा चिनियाँ उखान छ । मैले दशचोटी नापेर एकचोटी काटेको छु । मैले विल्कुल सही कदम चालेको हुँ भन्ने कुरा जनता समाजवादी पार्टीसम्म आइपुग्दा प्रमाणित नै भइसकेको छ ।
सम्पूर्ण नेपाली जनता समान छन् । उनीहरुको भाषा, उनीहरुको सँस्कृतिलाई समान हक हुनुपर्दछ । उनीहरुलाई समान सहभागिताको अवसर हुनुपर्दछ । सामाजिक न्याय प्राप्त हुनुपर्दछ । अनिमात्र राष्ट्रिय एकता सुदृढ हुन्छ । मधेश, हिमाल र पहाड एक जुट हुन्छ । त्यसले राज्य बलियो हुन्छ र बलियो राज्यले मात्रै शान्ति, सुव्यवस्था, सुख समृद्धि, विकास दिनसक्छ । यसमा मेरो स्पष्ट धारणा छ ।
मधेश केन्द्रीत दलसँग एकीकरण गर्दा तपाईलाई फाइदाभन्दा राजनीतिक क्षति बढी भएको देखिएको छ, आफू त चुनावमा हार्नु नै भयो, आफ्ना नेता तथा कार्यकर्तालाई पनि बचाउन सक्नु भएन, होइन र ?
–फेरि तपाईले त्यही कुरा दोहोर्याउनु भयो । तपाईको प्रश्न व्यक्ति केन्द्रित भयो । म व्यक्तिलाई केन्द्रमा राखेर सोच्दै सोच्दिनँ । हेर्नुपर्ने कुरा के हो भने मैले अंगिकार गरेको विचार, मैले अगाडि सारेको सिद्धान्त, मैले प्रतिनिधित्व गर्न खोजेको मुद्दाहरु कमजोर भए कि बलिया भए । ती अगाडि बढे या ओझेलमा परे– त्यो चिजलाई हेर्ने हो । एउटा भनाइ छ, ‘आफ्नो उद्देश्यमाथि सम्झौता नगर तर आफ्नो उद्देश्यका लागि सम्झौता गर ।’ म त उद्देश्यका निम्ति राजनीति गरिरहेको छु । चाहे म चुनाव जितुँ, वा हारुँ, कुनै पदमा बसुँ वा नबसुँ – यो दार्शनिक प्रश्न हो । म कुनै पदमा पुगेँ, ठूलो ओहदामा पुगेँ, तर नेपाली जनताको समस्या हल भएन, विभेद, गरिबी तथा भ्रष्टाचार कायमै रह्यो भने त्यसको उपयोगिता के रह्यो त ? पदमा बस्नुको प्रयोजन के हो ? प्रयोजनहीन ढंगले पदको दावी गर्ने, अवसरको लागि लड्ने, कुर्सीको खेल खेल्ने कारणले नै देश यो अवस्थामा पुगेको छ । अशोक राई त्यो गर्न चाहदैन । त्यसैले म जहाँसुकै रहुँ, मैले वकालत गरेको मुद्दा, मैले सामुन्नेमा राखेका जनताहरु (लक्षित समूह) ले मुक्ति पाउनै पर्छ । म असफल भएमा अशोक राई एउटा व्यक्ति असफल हुन्छ, तर अशोक राई सफल भयो भने यो मुलुक सफल हुन्छ, नेपाली सफल हुन्छन् । त्यसो भएर मैले किन हिम्मत नगर्ने ? मैले किन आँट नगर्ने ? मैले किन अगाडि नबढ्ने ? त्यो निष्कर्षका आधारमा, त्यो दार्शनिक सोचका आधारमा म राजनीतिमा आगाडि आएको हुँ । कुनै पद पायो कि पाएन, चुनाव जित्यो कि जितेन भन्ने कुरासँग मेरो विशेष चासो हुँदैन ।
म कुनै पदमा पुगेँ, ठूलो ओहदामा पुगेँ, तर नेपाली जनताको समस्या हल भएन, विभेद, गरिबी तथा भ्रष्टाचार कायमै रह्यो भने त्यसको उपयोगिता के रह्यो त ? पदमा बस्नुको प्रयोजन के हो ? प्रयोजनहीन ढंगले पदको दावी गर्ने, अवसरको लागि लड्ने, कुर्सीको खेल खेल्ने कारणले नै देश यो अवस्थामा पुगेको छ । अशोक राई त्यो गर्न चाहदैन । त्यसैले म जहाँसुकै रहुँ, मैले वकालत गरेको मुद्दा, मैले सामुन्नेमा राखेका जनताहरु (लक्षित समूह) ले मुक्ति पाउनै पर्छ । म असफल भएमा अशोक राई एउटा व्यक्ति असफल हुन्छ, तर अशोक राई सफल भयो भने यो मुलुक सफल हुन्छ, नेपाली सफल हुन्छन् ।
यही देशमा जन्मेका गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराई दिनुभएको थियो । यही देशमा कृष्णप्रसाद भट्टराई अनेकौं पटक चुनाव हारेर पनि नेता बनिरहनु भयो, राजनीति गरिरहनु भयो । चुनाव हार्नु र जित्नुले एउटा मान्छे नेता हुन्छ कि हुँदैन, राजनीति गर्छ कि गर्दैन भन्ने मूल्यांकन गर्न मिल्दैन । त्यसैले यस्ता कुराहरु सानो सोच राख्नेहरुले भन्ने कुरा हुन् । म त्योभन्दा फरक ढंगबाट अगाडि बढ्न चाहन्छु ।
तपाईले पछिल्लो समय जुन प्रकृतिका पार्टी, जुन विचार प्रवृत्तिका नेताहरुसँग एकीकरण गर्नुभयो, त्यस आधारमा के तपाई आफूलाई विचार, सिद्धान्त र दर्शनको आधारमा सफल हुन्छु भन्ने लाग्छ ?
–हेर्नुस्, राजनीतिमा जोखिम हुन्छ । मैले एमाले छोड्दा पनि जोखिमनै लिएको थिएँ । जस्तो अवस्थामा एमाले परित्याग गरियो, यो स्थिति नहुन पनि सक्थ्यो । जनता समाजवादी पार्टी नबन्ने ठाउँसम्म पनि पुग्न सक्थ्यो नि, तर पुग्यो । सम्भावनाहरु धेरै छन् । सम्भावनाहरु छन् भने चुनौतीहरु पनि छन् । तर हाम्रो प्रयत्न के हुन्छ भने सम्भावनाहरुलाई सार्थक बनाउँ । चुनौतीहरुलाई सामना गर्नका लागि हिम्मत गर्नैपर्छ । अहिलेसम्म जे भएको छ, सकारात्मक भएको छ र आउने दिन पनि सकारात्मक नै हुन्छ भनी विश्वास गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने