आमाको नजरमा कस्ता छन्, ८ प्रहरीको हत्या गर्ने विकास दुबे ?
भारतको कानपुर बिकरु गाउँमा बिहिबार राती ८ प्रहरीको हत्या भयो । यो हत्याकाण्ड विकास दुवेको संलग्नतामा रह्यो । विकास अहिले पनि फरार छन् । लखनउमा बस्ने विकासकी आमा सरलाले ६ बिघा जमिन नै सबैको काल बनेको बताउँछिन् । अब विकासको के होला ? उनलाई यसबारे थाहा छैन । उनी भन्छिन्, ‘प्रहरीले जे गर्लान्, मलाई त्यसमा कुनै अफसोस हुनेछैन ।’
६ विघा जमिन र विवादको कहानीः
जुन ६ विघा जमिनका लागि सबै घटना भए, त्यो विकासका आफन्त लल्लन शुक्लाको थियो । लल्लनकी तीन छोरी छन् । सुनिता, प्रतिभा र सरिता । लल्लनले दुई छोरीको विवाह गरिदिए । कोही छोरा नभएकोले उनले मृत्युअघि आफ्ना भाञ्जा सुनिल शुक्लालाई धर्मपुत्र बनाए र जग्गा उनको नाममा गरिदिए । सुनिलको विवाह विकासकी बहिनी समिक्षासँग भयो ।
विवाद त्यतिबेला सुरु भयो जब लल्लनकी छोरी प्रतिभाका श्रीमान् राहुल तिवारीले आफ्नो ससुरालीको यही जमिन बेच्ने कोसिस गरे । राहुलले जमिन बेचेर आफ्नो साली सरिताको विवाह गरिदिन चाहन्थे । विकास यसविरुद्ध थिए । उनका अनुसार उक्त जमिन उनकी बहिनी समिक्षाका श्रीमान् सुनिलको हो ।
यो कुराको विषयमा विकास अडिग भए । राहुल र विकासबीच यसबारे झगडा पनि भयो र थुप्रै पटक पञ्चायत बस्यो तर मुद्दा सुल्झिएन । यसै विवादको विषयमा राहुलले विकासविरुद्ध अपहरण र घातक हमलाको रिपोर्ट दर्ता गराए ।
आमाको पीडा – यति खराब थिए त सबैले उनलाई आफ्नो पार्टीमा किन राखे ?
आमा सरला भन्छिन्, ‘विकासले बिकरुमात्रै होइन, वरिपरिका ८५ गाउँलाई पनि चम्काइदिएका थिए । बिजुली, पानी, सडक गाउँसम्म पुर्याइदिए । उनलाई नेताले गलत बाटोमा लगाए । सुरुमा उनीबाट अपराध गराए, त्यसपछि उनीहरुको ज्यानको पिछा लागिरहेका छन् ।’
‘५ वर्ष भाजपामा, १५ वर्ष बसपा र ५ वर्ष सपासँग आबद्ध भयो । यदि ऊ यत्ति नै खराब थियो भने राजनीतिक पार्टी र त्यतिबेलाका मुख्यमन्त्रीले उनलाई आफ्नो दलमा किन प्रवेश गराए ? यी नेताबाट टाढै बसेको भए विकास शान्तिसँग आफ्नो जीवन बाँचिरहेको हुन्थ्यो । अब उसले ने गरेको छ, त्यो त भोग्नु नै पर्नेछ,’ आमा सरला भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
