मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको विवाद मिलाउन शीर्ष नेताहरुको बैठक शुरु

स्थायी समिति बैठक २४ गतेसम्मका लागि स्थगित
सोमबार, २२ असार २०७७, ०९ : ४३
सोमबार, २२ असार २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद मिलाउन सोमबार दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।

बालुवाटारमा नेताहरुबीच आइतबार भएको वार्ता पुनः सोमबार बस्ने गरी सकिएको थियो । आइतबारको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेका थिएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

आज छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ । यसबीच आजदेखि बस्ने भनिएको स्थायी समिति बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप