शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापारिक मार्गमा चार आकाशेपुल निर्माण गरिने

सोमबार, २२ असार २०७७, ०९ : ४२
सोमबार, २२ असार २०७७

व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले राससलाई बताए । 

आकाशेपुल निर्माणको अध्ययन प्रतिवेदनअनुसार पथलैया, परवानीपुर, गण्डकदेखि अलौँको एकीकृत जाँच चौकी (आइसिपी) सम्म करिब २८ किलोमिटर लम्बाइको व्यापारिक मार्गमा पहिलो चरणअन्तर्गत सिमरा विमानस्थलमा एउटा, जितपुर बजार क्षेत्रमा दुई वटा र परवानीपुरमा एउटा गरी चार वटा आकाशेपुल निर्माण गरिने प्रमुख मिश्रले बताए । 

आकाशेपुलको विस्तृत प्रतिवेदन तयार गरी सडक विभागमा पठाइसकिएको र सो प्रतिवेदन स्वीकृति भएर आउने बित्तिकै ठेक्का प्रक्रियामा जाने बताउँदै प्रमुख मिश्रले भने, “सो सडकखण्डमा थप १० वटा आकाशेपुल निर्माण गरिने प्रस्ताव गरिएको छ ।” उनका अनुसार प्रस्तावित आकाशेपुल परवानीपुर, सुक्खा बन्दरगाह क्षेत्र, पावर हाउस चोक तथा घण्टाघरलगायतको ठाउँमा निर्माण गरिने योजना छ । 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आकाशेपुल निर्माणको प्रक्रियामा ढिलाइ भएको भए पनि आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजना रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप