शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

सोमबार, २२ असार २०७७, ०८ : ५०
सोमबार, २२ असार २०७७

कैलाली । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला,   बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

त्यस्तै, ७६ जना संक्रिमित निको भएर घर गएका छन् । टीकापुरका २, बैतडीका २३ र डडेल्धुरा अस्पतालबाट ५१ संक्रमित डिस्चार्ज भएका हुन् । प्रदेशमा निको हुनेको संख्या ६ सय ६२ पुगेको छ । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रदेशमा हालसम्म २२ हजार ७१७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको छ जसमध्ये १९ हजार १७९ मा नेगेटिभ आएको उनले बताए । २ हजार ४९५ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १५ हजार ३७ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८३, बझाङ्गका १३९ ,बाजुरा ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४, कैलालीका ९४६ र कञ्चनपुरका ४२८ गरि ३ हजार ५३८ रहेका छन । यसमा महिला ८५० र पुरुष २ हजार ७२८ रहेका छन् ।

हाल क्वारेन्टिनमा ६ हजार ९० पुरुष र १ हजार ६४५ महिला रहेका छन । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित ९६ गरी १ सय ११ जनाको उपचार भइरहेको छ । ६९९ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ३७, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप