सेनासँग बाक्लियो प्रधानमन्त्री ओलीको भेटघाट

काठमाडौं । आफ्नो पार्टीभित्र आन्तारिक विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सेनासँगको सम्पर्क बढाएका छन् । पार्टीभित्र अल्पमतमा देखिएका प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार दुई पटक भेट भएको जनाइएको छ । भेटका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन । ओली र थापाबीच दुई दिनको भेटवार्तामा निकै लामो कुराकानी भएको बताइएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएलगत्तै रक्षामन्त्री ईश्वर पोख्रेल र प्रधानसेनापति थापाबीच पनि छलफल भएको छ । रक्षामन्त्री पोखरेलसँग प्रधानसेनापति थापाले निकै लामो समय छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको आन्तारिक विवादमा मुछ्न खोजेको आरोप लगाउँदै आएका छन् । ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाइरहेका बेला सेनासँग बाक्लो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उनले पार्टीको आन्तारिक विवाद उत्कर्षमा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । त्यस्तै आइतबारै प्रधानमन्त्री ओलीले बालुवाटारमा प्रधानमन्त्रीले रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ, मुख्यसचिव लोकदर्सन रेग्मी, पुष्पकमल दाहाल प्रचण्ड, जनार्दन शर्मा, प्रदेश-४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेललगायतसँग भेटघाट गरेका थिए।
केही दिनअघि प्रधानमन्त्री ओलीले भारतको डिजाइनमा नेपालका केही नेताहरुको योजनामा आफुलाई सरकारको नेतृत्वबाट हटाउन खोजेको आरोप लगाएका थिए । ओलीले सो आरोप लगाएलगत्तै पार्टीभित्र विवाद चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ