शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मास्कमा रमाउँदै शंकर

आइतबार, २१ असार २०७७, २३ : १९
आइतबार, २१ असार २०७७

एजेन्सी । भारतको पुणेका एक व्यक्तिले सुनको मास्क बनाएका छन् । पुणेमा बस्ने शंकर कुराडेले करिब ३ लाख रुपैयाँ खर्चेर सुनको मास्क बनाएका हुन् । यसअघि भारतकै महाराष्ट्रस्थित कोल्हापुरको एक व्यक्तिले चाँदीको मास्क बनाएर लगाएको समाचार बाहिर आएको थियो । शंकरले चाँदीको मास्क बनाएको समाचार सुनेपछि त्यसबाट प्रभावित भएर सुनको मास्क बनाउने सोच आएको बताएका छन् । 

उनले लगाएको सुनको मास्कको तस्बिर अहिले मिडियाहरुमा छाएको छ । विश्वभर कोरोना महामारीका कारण मास्क लगाउने मानिसहरुको भीड देखिइरहेका बेला शंकरले लगाएको सुनको मास्कको तस्बिरले सबैलाई आकर्षित गरेको छ । यो मास्क कोरोनाबाट बच्नभन्दा पनि प्रदर्शनका लागि बनाइएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप