हल्लाको पछि नलाग्न प्रचण्डको सचिवालयको आग्रह
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाको शीर्ष नेतृत्वबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला आइतबार सामाजिक सञ्जालमा सहमतिका लागि ५ बुँदे ड्राफ्ट तयार भएको हल्ला फैलिएपछि सचिवालयले सो आग्रह गरेको हो ।
सचिवालयले भर्खरै सामाजिक सञ्जालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डामा कुनै सत्यता नभएको समेत स्पष्ट पारेको छ । निजी सचिवालयको तर्फबाट गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्–‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिनुभएको कुरा यहाँहरुमा जगजाहेर छ । यसैबीच भर्खरै सामाजिक सञ्जालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डको कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’