केन्द्रीय संस्करण

ललितपुरका ५ स्थानमा आकाशेपुल बनाउने तयारी

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

ललितपुर । ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ ।  ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो । 

ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छौं । महानगरपालिकाभित्र  फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।” 

अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ ।  आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज  हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने– ‘महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।’ 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.