मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा फेसबुक लाइभ गरेर एक युवतीले गरिन् आत्महत्या

आइतबार, २१ असार २०७७, २१ : ०२
आइतबार, २१ असार २०७७

काठमाडौँ । चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिए ।

भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको इन्सपेक्टर भट्टले बताए । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ । 

केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप