बूढानीलकण्ठमा यसरी पूजा गरियो गुरुलाई, तस्विरमा हेर्नुहोस्
आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गुरुलाई गराउने परम्परा छ ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको छ। अज्ञानरूपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रहरुले ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रूपमा मानेको छ ।
यही अवसरमा बूढानीलकण्ठको वेद विद्याश्रमका विद्यार्थीहरुद्वारा शिक्षकलाई सम्मान अर्पण गरिएको छ। कोरोनाको कारणले गर्दा यसपटक पहिलेको जस्तो धुमधाम नभए पनि सिमित विद्यार्थीहरुले गुरु पूजा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री