पार्टी विभाजन रोक्न माग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न आज यहाँ माग गरेका छन् ।
नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आज विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयाङ्गम गरी पार्टी एकतामा जोड दिए ।
नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाइने अध्यक्ष पोखरेलले बताउनुभयो । पत्रकार सम्मेलनमा १४ जिल्लाका अध्यक्ष एवं सचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत पढेर सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद