शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरामा पुरिएर ४ महिने बालकको मृत्यु

आइतबार, २१ असार २०७७, १८ : ०९
आइतबार, २१ असार २०७७

डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु भएको हो । 

गएरातिदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरामा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरामा परी भक्त घाइते हुनुभएका र उहाँको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ ।

बाढीले गरेको क्षतिको विवरण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप