पत्रकारमाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही गर्न युनियनको माग
काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुर्व्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ ।
खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेनन्’ समाचारको विषयलाई लिएर गुरुङलाई बाहिर सडकमा बोलाई बाइकको हेलमेट र चाबी खोसेर बस्नेतले हातपात गरेको जनाउँदै युनियनले जिल्ला प्रहरी कार्यालय लमजुङलगायत स्थानीय प्रशासनसँग निजलाई कारवाही गर्न माग गरेको छ ।
युनियनले बाँकेका पत्रकार टेकेन्द्र बस्यालमाथि भएको हातपात र दुर्व्यवहार घटनामा संलग्नलाई नियन्त्रणमा दिई कारवाही गराउन पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सबै सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षलाई युनियनले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ