लागुऔषधसहित १ युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले लागुऔषध मुद्दामा पक्राउ परेर पटक पटक छुट्दै आएका १ जनालाई पुनः आज लागुऔषधसहित पक्राउ गरेको छ । लुकीछिपी लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाडको टोलीले लागूऔषधसहित गोलबजार नगरपालिका ४ निवासी ४२ वर्षीय मनोजकुमार साहलाई घरबाटै पक्राउ गरेको हो ।
आफ्नै घर कोठामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा लागु औषध डाइलेक्स डिसी ६७ बोतल, नाईट्रोभेट ट्याब्लेट १६५ पिससहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । साह यसअघि पटक-पटक लागुऔषधसहित पक्राउ परेका थिए । पछिल्लोपटक करिब ४ महिना अघि साह लागुऔषध मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि बीपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा