शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झूटो विवरणमा नागकिरता बनाउने पक्राउ

आइतबार, २१ असार २०७७, १६ : ५९
आइतबार, २१ असार २०७७

काठमाडौं । झूटो विवरण पेस गरेर विदेशी नागरिकलाई नेपाली नागकिरता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका तत्तकालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

गत २०७२ साल मंसिर १० गते विदेशीलाई नागरिकता र राहदानी बनाइदिएको कसुरमा जिल्ला अदालत झापाले वारेन्ट जारी गरेका व्यक्तिलाई यही असार २० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य रहेका छन् । 

आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापको टोलीले पक्राउपछि जिल्ला अदालत झापामा आइतबार बुझाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप