बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु

आइतबार, २१ असार २०७७, १६ : ३५
आइतबार, २१ असार २०७७

काठमाडौं– फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । 

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य रु. १.४९ करोड रहेको छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । 

उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनिप्रयोग गरिएको छसाथैआरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन् ।

डिजेल गेम चेंन्जर– अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ । पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इनधन खपत गर्दछ । 

एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४×४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इनधन क्षमता रहेको छ । जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । 

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो । जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन् ।

इकोब्लू इन्जिनले इन्धन क्षतामा पनि सुधार ल्याएको छ । तीमध्ये केही यस प्रकार छन्ः
१० मिलिमिटर अफसेट क्र्याक डिजाइन जसले पिस्टन साइडलोडलाई न्यून गर्दछ । सिलिन्डर भित्ताहरुका लागि रब्बिङ्ग फोर्स दिनसक्छ । 

यस गाडीमा नयाँ इन्जिन डिजल निकास फ्लुइड (AdBlue®) को प्रयोग गरिएको छ । यस फ्लुइडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्दछ । 

विशिष्ट नवीनताहरु
सेलेक्ट शिफ्टसहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । 

स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ । जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्ट शिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्वारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ ।  

विशिष्ट छ एसयूभी 
२०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलइडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएमलगायतका विशेषताहरु राखिएका छन् ।

आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको यस कारमा निम्न थप विशेषताहरु रहेका छन् ः 
-आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ ।
-यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)ंको प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पु¥याउँछ । 

-सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्याग सहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् ।
-उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ ।
-८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पलकारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाइएनसी३लगायतका विशेषताहरु रहेका छन् । 
-क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । 
-५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ ।

-फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरीे २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । 
-अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंड फ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् । 
-३ वर्षवा एक लाख किलोमिटरसम्मको वारेन्टी । 

कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य रू. १ करोड ४९ लाख राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप