फिल्म ‘फेम’ सार्वजनिक
आइतबार, २१ असार २०७७, १६ : १४
काठमाडौं । विनोद बाँनियाको निर्देशन रहेको छोटो फिल्म ‘फेम’ सार्वजनिक भएको छ । फिल्मको कथा पनि उनकै हो । गायनमा समेत सक्रिय बाँनियाले लकडाउनको समय सदुपयोग गर्दै यो फिल्म बनाएका हुन् ।
फिल्ममा सञ्जय मल्ल, आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठ, विनोद बानिया लगायतको अभिनय रहेको छ ।
फिल्ममा सविन गायकको छायाँकन तथा सम्पादन र राजेश क्षेत्रीको पाश्र्व संगीत छ । सञ्जय शाक्य र उत्तम पौडेलले यसलाई मिलेर बनाएका हुन् ।