बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको निक्षेप ग्राहकले पाए बीमा दाबी रकम

आइतबार, २१ असार २०७७, १५ : ५१
आइतबार, २१ असार २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडबाट शुभद्रा श्रेष्ठले बीमा दावी रकम प्राप्त गरेकी छिन् । 

श्रेष्ठले बैंकको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकोमा उनले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थइन् । उनले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएको बैंकले जनाएको छ । 

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रीमती शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो । 

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप