बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

पोखरा । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो ।
उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।
क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए । मृतकका छोरा(बालक)को भने रिपोर्ट अझैं आइनसकेको उनले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनको शव व्यवस्थापनको तयारी थालिएको छ ।
यसअघि प्रदेशभित्र स्याङ्जाका दुई र गोरखाका एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा