केन्द्रीय संस्करण

बाउलीमा बाढी आउँदा बस्तीमा क्षति

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0
file photo

बाजुरा । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पुर्याएको छ । बडिमालिका नगरपालिका मार्तडी हुँदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र  रापकसम्मका क्षेत्रमा क्षति पुर्याएको हो ।
बडिमालिका–९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा बगाएर क्षति पुर्याएको छ भने गचे थापाको घर जोखिममा पारेको बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले बताएकी छन् ।

बाउली खोला बढेसँगै आसपासको बस्ती जोखिममा परेका छ । सो क्षेत्रका वारिपारि किनारामा रहेका खेत सबै बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बूढीगङ्गा नदी किनारका बस्ती जोखिमपूर्ण बनाएको स्थानीयवासीले बताएका छन् । खारगाड र बाउली खोलाले बडिमालिका–९ का उखाडी, चौराटा र सेलाघाटमा रहेका केही बस्तीसमेत जोखिममा परेको बडिमालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताए ।

यस्तै लगातारको वर्षाले बाजुराका त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी मोहन बिष्टले बताए । बूढीगङ्गा नदीले बाजुराका द्वावारी र  तिपाडा तथा अछामका साँफेबगर, बुढाबगरलगायत विभिन्न ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।

त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीवासीले बताएका छन् । वाईवाधु जोड्ने, गोत्री साप्पाटा र  रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत जोखिममा छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.