शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डब्ल्यूएचओद्वारा कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विन र एचआइभीको औषधीको प्रयोगमा रोक

आइतबार, २१ असार २०७७, १४ : २९
आइतबार, २१ असार २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर–रिटोनाविर औषधीको प्रयोग बन्द गर्न निर्देशन दिएको छ ।

मलेरियाको उपचारमा काम लाग्ने हाइड्रोक्सिक्लोरोक्विन र एचआइभी बिरामीलाई दिइने लोपिनएविर–रिटोनाविर औषधीले कोरोना संक्रमितको मृत्यु दर रोक्न सफल नभएका कारण यस्तो निर्णय लिइएको बताइएको छ ।

कोरोनाको उपचारको क्रममा जारी गरिएका विभिन्न भ्याक्सिन र मेडिसिन ट्रायलमा यो औषधीलाई एक आशाको रुपमा हेरिएको थियो ।

शुक्रबार संसारभरी कोरोनाका २ लाख १२ हजार ३ सय २६ संक्रमित भेटिएका छन् जसमध्ये अमेरिकामा मात्रै ५३ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले एक बयानमा भन्यो, ‘मेडिकल ट्रायलबाट सार्वजनिक भएको नतिजा अनुसार हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर–रिटोनाविरको प्रयोगले अस्पतालमा भर्ना भएका बिरामीको मृत्युदरमा खासै कमी आएन । त्यसैले औषधीको ट्रायल तत्काल प्रभावबाट बन्द गरिनेछ ।’

संसारका विभिन्न देशमा विश्व–स्वास्थ्य संगठनको अगुवाईमा कोरोना बिरामीमाथि यी औषधीको असरबारे परीक्षण गरिँदै थियो ।

संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले एक अन्तर्राष्ट्रिय कमेटीको सिफारिशको आधारमा यो निर्णय लिएको बताइएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप