शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षीया बालिका हत्या प्रकरण : अघोरी बाबासहित २० जना पक्राउ

आइतबार, २१ असार २०७७, १३ : १६
आइतबार, २१ असार २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । 

शुक्रबार शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले थप १८ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको हो । 

घटनास्थलबाट प्रमाणको रुपमा ब्लैंकेट समेत फेला पारेको प्रहरीले जनाएको छ ।

शनिबार नै ७ जना डाक्क्टरको समूहले ती बालिकाको शवको पोस्टमार्टम गरेपनि रिपोर्ट भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने उनले बताए ।

प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिने भएपनि यथार्थ चित्र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बाहिरिने प्रवक्ता कार्कीले स्पष्ट पारे ।

यता धनुषाका  प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतले अनुसन्धान तीव्र रुपमा अगाडि बढाइएको भन्दै अनुसन्धानका लागि २० जना पक्राउ परेको बताए । 

यसैबीच नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोजक साहले बालिकाका हत्यारालाई कडा कारवाहीको माग गरेका छन् ।

गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केका १० वर्षीय नाबालिका कञ्चन कुमारी पजियारको शव शनिबार स्थानीय दुधमती नदी किनारामा शव फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप