शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

आइतबार, २१ असार २०७७, १३ : १०
आइतबार, २१ असार २०७७

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् । 
नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल,ढल, घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिइन् । 

नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ ।  “हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौँ”, उनले भनिन्। नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ ।

उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताइन् ।   नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ । ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गर्दै लैजाने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप