लिभोन ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ अफर, निशा सुनुवारले जितिन् यामाहा फेसिनो बाइक
काठमाडौं– लिभोनले संचालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ अफर अन्तर्गत कुपन नं ३३४० कपन निबासी निशा सुनुवारले यामाहा फेसिनो बाइक जित्न सफल भएकी छिन् । त्यसैगरी, अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भएका छन् ।
भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ उपभोक्ता योजना संचालन गर्दै आएको थियो जसअन्तर्गतको भाग्यशाली विजेताको नाम आज घोषणा गरिएको हो । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।
आज आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरु माझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी हुन् ।
बिगतमा मेरिकोको उक स्थापित ब्राण्ड लिभोनले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको कम्पनीको दावी छ । यसले प्रि–वास (क्रिमआयल), इन–वास (स्याम्पु, कन्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।
लिभोन स्याम्पु र कन्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु ीक्रम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भैसेकका छन् ।
यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहनेछ । लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो । ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पु र कन्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गुड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान