शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनामा मलेरिया र एचआइभीका औषधीहरुको प्रयोगमाथि विश्व स्वास्थ्य संगठनले रोक लगायो

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, अमेरिकामा मर्नेको संख्या झन्डै १ लाख ३० हजार
आइतबार, २१ असार २०७७, १२ : ०८
आइतबार, २१ असार २०७७

कोरोना महामारीविरुद्धको लडाइँमा आशालाग्दो औषधीको रुपमा अझै पनि मलेरिया र एचआइभीका औषधीहरु उपयोग हुँदै आइरहेका छन् । तर पछिल्लो पटक एकैदिनमा २ लाख १२ हजारमा संक्रमणको केस देखिएपछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का विरुद्ध ती औषधीहरुको प्रयोगमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले अस्पतालमा भर्ना भएका विरामीहरुमा मलेरियाका औषधी हाइड्रोक्लोरोक्विन र एअचाईभीको संयुक्त औषधी लोपिनाभिर÷रिटोनाभिरले मर्नेहरुको संख्या घटाउन सहयोगी सिद्ध नभएपछि तिनको प्रयोगमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ । संगठनले महामारी शुरुभएयता एकै दिनमा सबैभन्दा २ लाख १२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमणका केसहरु देखिएको पनि जनाएको छ ।

उता अमेरिकामा कोरोनाका कारण मर्नेहरुको संख्या १ लाख २९ हजार ६ सय ७६ पुगेको छ । जुलाई ४ मा मात्रै अमेरिकाले स्वतन्त्रता दिवस मनाएको हो । सो अवसरमा कोरोनाका विरुद्ध आवश्यक सर्तकता नअपनाएको तथा सामाजिक दूरीको पालना नभएको भनी आलोचना गरिएको छ । अमेरिकाका दुई राज्यहरु फ्लोरिडा र टेक्ससमा मात्रै एकै दिनमा २० हजारभन्दा बढी संक्रमित देखिएका छन् । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको पछिल्लो तथ्यांकअनुसार अहिले अमेरिकामा मात्रै २८ लाख ३९ हजार ५ सय ४२ जना संक्रमित भइसकेका छन् ।

आइतबार दिउसो १२ बजेसम्ममा संसारभरि नै कोरोनासंक्रमितको संख्या १ करोड १२ लाख ७१ हजार २१ जना पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख २० हजार ८ सय ५८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप