अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा र्यापर तथा किम कर्दासियनका श्रीमान् कान्ये वेस्ट
अमेरिकामा नोेभेम्बरको अन्त्यमा राष्ट्रपति चुनाव हुँदैछ । मैदानमा राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन छन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैबीच मनोरञ्जन क्षेत्रका र्यापर कान्ये वेस्ट पनि राष्ट्रपति चुनाव लड्ने तयारीमा भएको बताइन्छ । यसबारे उनले सोशल मिडियामा घोषणा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको त्यो विश्वासलाई बुझ्नुपर्छ, एक भिजनसहित देशको भविष्यबारे सोच्नुपर्छ । म अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा छु ।’
कान्ये वेस्टको यो घोषणा सोसल मिडियामा ट्रेन्ड भइरहेको छ । राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने कान्ये वेस्टको चुनावी मैदानमा उत्रिनुलाई निकै महत्वले हेरिएको छ । उनको यो घोषणाले सबैको उत्सुकता बढाएको छ । हुन त कान्येको यो निर्णयमा थुप्रै सेलिब्रिटीले समर्थन पनि गरिसकेका छन् । टेस्ला कम्पनीका मुख्य कार्यकारी एलन मस्कले केनीलाई आफ्नो समर्थन दिएका छन् । उनी ट्वीट गर्दै भने, ‘तपाईंलाई मेरो पूर्ण समर्थन छ ।’
We must now realize the promise of America by trusting God, unifying our vision and building our future. I am running for president of the United States 🇺🇸! #2020VISION
— ye (@kanyewest) July 5, 2020
पहिल पनि गरेका थिए इच्छा व्यक्तः
हुन त यो कान्येले राष्ट्रपति बन्ने इच्छा पहिले नै व्यक्त गरेका थिए तर त्यतिबेला उनले सन् २०२४ मा चुनाव लड्ने घोषणा गरेका थिए । तर अब एक ट्वीटमार्फत् उनले २०२० नै चुनाव लड्न लागेको घोषणा गरेका छन् । कान्येको राजनीतिक बुझाई कति छ भनेर बताउन त मुश्किल छ तर उनको राष्ट्रपति डोनल्ड ट्रम्पसँग थुप्रै मौकामा भेट भएको छ । उनले आफ्नी श्रीमती किम कार्दासियासँग ह्वाइट हाउस जाने मौका पनि पाएका थिए ।