खोलाले बगाएर एक बालिकाको मृत्यु
आइतबार, २१ असार २०७७, १० : २९
मोरङ जिल्लाको कटहरी गाउँपालिका–७ बस्ने ६ वर्षीया बालिकाको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षा कुमारी सरदार रहेकी छिन् ।
शनिबार दिँउसो अन्दाजी ३ बजे जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई उनी बेपत्ता भएकी थिइन् । घटनाको जानकारी पाएपछि प्रचौ थलाहाबाट प्रहरी सहायक निरीक्षकको टोली र स्थानीयवासीको सक्रियतामा खोजी गर्दा पनि फेला परेकी थिइनन् ।
त्यसपछि थलाहा ब्यारेकबाट नेपाली सेनाको २५ जना, सशस्त्र प्रहरीको १५ जना, र थलाहबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान सोही खोलाको बगेको स्थानभन्दा ३ किमि दक्षिण बाँसको झ्याङमा अल्झी रहेको अवस्थामा बालिकाको शव फेला पारेको थियो ।
आवश्यक कानूनी प्रकृयाको लागि जिप्रका मोरङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी